सगरमाथाको सफल आरोहण गरेका हरि बूढामगरलाई सरकारको सम्मान


९ जेष्ठ २०८०, मंगलवार १९:३८ मा प्रकाशित

काठमाडौं । सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका दुवै खुट्टा नभएका पूर्वगोर्खा सैनिक हरि बूढामगरलाई सरकारले सम्मान गरेको छ ।

दुबै खुट्टा गुमाएका बूढामगरले यही जेठ ५ गते दिउँसो ३ सगरमाथा शिखरमा पुगेर फर्किनु भएको थियो । मंगलबार विहान काठमाडौं आएका उनलाई राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहालले सम्मान गरेका छन् ।

सन् २०१० मा ब्रिटिश सेनामा कार्यरत रहेका बेला अफगानिस्तानको लडाइँमा आफ्ना दुवै खुट्टा गुमाएका मगरले सगरमाथाको चुचुरो चुम्ने पहिलो ‘डबल एम्प्युटी एभोब नी’ व्यक्तिको विश्व रेकर्ड कायम गर्नुभएको हो ।

कृत्रिम खुट्टा प्रोस्थेटिकको सहायताले बुढामगर सगरमाथा चुचुरोमा पुग्नु भएको हो । उहाँ रोल्पा थबाङ गाउँपालिकाको मिरुलका हुनुहुन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here