ओखलढुंगामा गुडिरहेको जिपमा आगलागी


२६ फाल्गुन २०७९, शुक्रबार १६:१५ मा प्रकाशित

ओखलढुंगा । गाउँपालिका–७ हिलेपानी नजिकै सिद्धिचरण राजमार्गमा काठमाडौंबाट सोलुतर्फ आउँदै गरेको ना १ ज ८८८२ नं को गाडीमा आगलागी भएको छ ।

चालकसहित ९ जना यात्रु बोकेर आउँदै गरेको जिप ईन्जिन अत्यधिक तात्तिएर वायरिङको तार सर्ट भई शुक्रबार आगलागी भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रहरी चौकी हर्कपुरको प्रहरी र यात्रुले आगो निभाउने प्रयास गरेका थिए ।

यात्रु र सामान गाडीबाट निकालिएकोले मानवीय क्षति नभएको प्रहरी निरीक्षक देवेन्द्र दासले जानकारी दिए । गाडी भने पूर्णरुपमा जलेर नष्ट भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here