लिबियाको आप्रवासी बन्दीगृहमा हवाई हमला, ४० मारिए


१८ असार २०७६, बुधबार १२:३९ मा प्रकाशित

लिबिया । लिबियामा आप्रवासीहरूलाई राखिएको एउटा बन्दीगृहमा हवाई हमला भएको छ ।

त्रिपोलीको पूर्वी तजोरामा रहेको एउटा बन्दीगृहमा हमला हुँदा कम्तीमा ४० जना मारिएका र ८० घाइते भएका अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । मारिनेमध्ये धेरैजसो अफ्रिकी आप्रवासी रहेको बताइएको छ । आपत्कालीन सेवा सम्बन्धी निकाय अनुसार प्रत्यक्ष हमला हुँदा १२० जना आप्रवासीहरू बन्द कोठाभित्र थिए । मृतकको संख्या बढ्ने पनि अनुमान गरिएको छ ।

संयुक्त राष्ट्रसंघले सघाइरहेको प्रधानमन्त्री फयेज अल सेरा नेतृत्वको राष्ट्रिय सहमतिको सरकारले बुधबारको हमलाका लागि स्वघोषित लिबियन नेसनल आर्मी (एलएनए) लाई दोष लगाएको छ । शक्तिशाली खलिफा हफ्तरले नेतृत्व गरेको एलएनएले हमला भएको क्षेत्रमा अन्तर्राष्ट्रिय मान्यता पाएको लिबियाको सरकारप्रति बफादार फौजविरूद्ध लडिरहेको छ ।

लिबिया लामो समय शासन गरेका मुअम्मर गद्दाफी सन् २०११ मा सत्ताच्युत भएपछि हिंसा र विभाजनबाट प्रताडित छ । बीबीसी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here