‘कबीर सिंह’ चलेपछि शाहिदले बढाए पारिश्रमिक


१८ असार २०७६, बुधबार १२:१२ मा प्रकाशित

मुम्बई । शाहिद कपुर अभिनित ‘कबीर सिंह’ करियरकै सर्वाधिक हिट सिनेमा बनेको छ । सिनेमा हिट भएसँगै यसले बलिउडका केहि ठूला स्टारका सिनेमाको कमाइलाई पनि उछिनेको छ ।

सिनेमाले भारतको घरेलु वक्सअफिसमा मात्र १९०.६० करोड भारू कमाइ गरिसकेको छ । सिनेमाले यसै साता २०० करोड भारूको कमाइ पार गर्ने अनुमान गरिएको छ । पछिल्लो नयाँ कलाकारहरूले बलिउडमा बलियो उपस्थिति  जनाइरहेको अवस्थामा ‘कबीर सिंह’ को सफलताले शाहिदको करियरलाई रफ्तार प्रदान गरेको छ । सिनेमाबाट उनले तारिफ नै तारिफ बटुलिरहेका छन् ।

तारिफका खबरबीच शाहिदले आफ्नो पारिश्रमिक दोब्बर पारेको खबर सार्वजनिक भएको छ । यसअघि उनले प्रति सिनेमा १०-१२ करोड भारू पारिश्रमिक बुझ्दै आएका थिए। नयाँ खबरका अनुसार अब उनले नयाँ सिनेमाका लागि २१ करोड भारू लिने भएका छन् । ‘कबीर सिंह’को सफलताले सिनेमामा शाहिदको माग बढेकाले उनले  आफ्नो पारिश्रमिक बढाएका छन् । खबरका अनुसार हाल शाहिदलाई ठूला ब्यानरले सिनेमाका लागि प्रस्ताव गरिरहेका छन् ।

यसरी आफ्नो बढ्दो माग र चर्चालाई मध्येनजर गर्दै शाहिदले आफ्नो पारिश्रमिक बढाएको बताइन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here