सागरले ६ विकेट लिएपछि चीनमाथि नेपालको शानदार जीत


१८ असार २०७६, बुधबार ११:४३ मा प्रकाशित

काठमाडौं । एसीसी अन्डर १९ इस्टर्न रिजन २०१९ प्रतियोगितामा नेपालले चीनमाथि १० विकेटको शानदार जीत हासिल गरेको छ ।

नेपालको जीतमा सागर ढकाल नायक बने । उनले ६ विकेट लिएपछि चीन मात्र २३.१ ओभरमा ५३ रनमा समेटियो । मलेसियाको किनरारा ओभलमा भएको खेलमा ९.१ ओभरमा ३ मेडेनसहित मात्र १९ खर्चेर प्लेयर अफ द म्याच सागरले चीनका ६ खेलाडीलाई पभेलियन फर्काए । त्यस्तै, तीलक राज भण्डारीले ३ तथा कमलसिंह ऐरीले १ विकेट लिए ।

जवाफी ब्याटिङमा उत्रेको नेपालले उक्त लक्ष्य मात्र ५ ओभरमा विना कुनै विकेटको क्षतिमा पछ्यायो । पवन सर्राफले विस्फोटक ब्याटिङ गर्दै २१ बलमा ४६ रन बनाए । उनले यसक्रममा ३ छक्का र ६ चौका हिर्काए ।

रीत गौतमले १० रनको योगदान दिए । नेपालले अब शुक्रबार सिंगापुरको सामना गर्नेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here