उत्कृष्ट विद्यार्थीहरुलाई एनसेलको छात्रवृत्ति तथा उत्कृष्टता सम्मान


१७ असार २०७६, मंगलवार २२:३२ मा प्रकाशित

काठमाडौं । एनसेल प्राईभेट लिमिटेडले आफ्नो व्यावसायिक सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत इन्जिनियरिङ अध्ययन संस्थान, पुल्चोक क्याम्पसमा विभिन्न पाँच संकायमा अध्ययन गरिरहेका उत्कृष्ट विद्यार्थीहरुलाई एनसेल छात्रवृत्ति तथा उत्कृष्टता सम्मान प्रदान गरेको छ ।

छात्रवृत्ति तथा उत्कृष्टता सम्मान ललितपुर स्थित होटल हिमालयमा आयोजित एक विषेश कार्यक्रममा विद्यार्थीका अभिभावकहरु, ईन्जिनियरिङ अध्ययन संस्थानका प्राध्यापकहरु र अन्य पाहुनाहरुको माझ प्रदान गरिएको हो । यस एनसेल छात्रवृत्ति तथा उत्कृष्टता सम्मान कार्यक्रम अन्तर्गत, एनसेलले २०७६ साल देखि २०८० साल सम्म ईलेक्ट्रिकल, ईलेक्ट्रोनिक्स्, कम्प्युटर, सिभिल र मेकानिकल ईन्जिनियरिङ संकायमा अध्ययन गर्ने उत्कृष्ट विद्यार्थीहरुलाई रु १ करोड ३० लाख रुपैयाँको छात्रवृत्ति तथा उत्कृष्टता पुरस्कार प्रदान गर्नेछ ।

यसअघि एनसेलले उत्कृष्ट विद्यार्थीहरुलाई २०७१ देखि २०७५ सम्म रु ८० लाख रुपैयाँको छात्रवृत्ति तथा उत्कृष्टता सम्मान प्रदान गरेको थियो । प्राविधिक शिक्षालाई प्रोत्साहन गर्दै युवा प्रतिभाहरुको पहिचान र उनीहरुको शैक्षिक उत्कृष्टताको कदर गर्नु यस कार्यक्रमको उदेश्य रहेकोछ ।

एक जिम्मेवार व्यावसायिक नागरिकका रुपमा, प्राविधिक शिक्षा क्षेत्रमा सहयोग पुर्याउदै दक्ष जनशक्तिको विकासका लागि योगदान पुर्याउन ईन्जिनियरिङ अध्ययन संस्थान, पुल्चोक क्याम्पसमा २०७१ मा यो छात्रवृत्ति तथा उत्कृष्टता पुरस्कार स्थापना गरिएको थियो ।

२०७१ देखि २०७५ सम्मको पाँच वर्ष अवधिमा ६० जना विद्यार्थीहरुले एनसेल छात्रवृत्ति पाएका छन् भने २० जना विद्यार्थीहरु एनसेल उत्कृष्टता सम्मानबाट सम्मानित भएका छन् । यो वर्ष, एनसेल छात्रवृत्ति एनसेलका प्रमुख प्रविधि अधिकृत मुहम्मद अदील इस्रार, वित्तिय प्रमुख कनिश्क गयान विक्रमा, चिफ स्ट्राटिजी अफिसर इरविन एम। युसुफ र सुरक्षा तथा प्रशासन प्रमुख महेन्द्र कुमार भट्टचनले प्रदान गरेका थिए ।

त्यसैगरी एनसेल उत्कृटता सम्मान ईन्जिनियरिङ्ग अध्ययन संस्थानका डिन प्राध्यापक रामचन्द्र सापकोटा र एनसेलका प्रमुख कार्यकारी अधिकृत एण्डी चोङ्गले संयुक्तरुपमा विद्यार्थीहरुलाई प्रदान गरेका थिए ।

यस वर्ष १८ वटा शीर्षक अन्तर्गत ईलेक्ट्रिकल, ईलेक्ट्रोनिक्स् तथा कम्युनिकेसन, कम्प्युटर, सिभिल र मेकानिकल संकायका १८ जना विद्यार्थीलाई एनसेल छात्रवृत्ति प्रदान गरिएको छ । साथै उत्कृष्ट नतिजा ल्याई यी पाँच संकायबाट स्नातक उतीर्ण गरेका ६ जना विद्यार्थीहरुलाई एनसेल उत्कृष्टता सम्मान प्रदान गरिएको छ ।

”एनसेल छात्रवृत्ति उत्कृष्ट तथा मेहनती विधार्थीहरुका लागि एउटा ठूलो प्रोत्साहन भएकोछ । शैक्षिक उत्कृष्टता र युवा प्रतिभाको प्रवर्द्धनगर्ने एनसेल उत्कृष्टता सम्मानले स्नातक तह पुरा गर्ने विधार्थीहरुका लागि एक छुट्टै विषेशता बोकेको छ । यस कार्यक्रमका लागि २०७१ साल देखि एनसेलसँग साझेदारी गर्न पाएकोमा हामी गौरव गर्दछौं र आउँदा वर्षहरुमा पनि यो सम्बन्ध अझ प्रगाढ बनाउन चाहन्छौं,”पुल्चोक क्याम्पसका प्रमुख प्रा. डा. लक्ष्मण पौडेलले भने ।

कार्यक्रममा आफ्नो मन्तव्य राख्दै एनसेलका प्रमुख कार्यकारी अधिकृत एण्डी चोङ्गले भने ”यस एनसेल छात्रवृत्ति तथा उत्कृष्टता सम्मान कार्यक्रम मार्फत ईन्जिनियरिङ्ग अध्ययन संस्थान, पुल्चोक क्याम्पससँग फेरी दोश्रो चरणको सहकार्य गर्न पाएकोमा हामी निकै हषिर्त छौं । ईन्जिनियरिङ्ग संकायमा अध्यनरत उत्कृष्ट प्रतिभाहरुको शैक्षिक उत्कृष्टताको कदर गर्न पाएकोमा हामी निकै खुसी छौँ । विकासलाई गति दिनका लागि दक्ष तथा कुशल प्राविधिक जनशक्ति अत्यावश्यक पर्दछ । यस अभियान अन्तर्गत पुल्चोक क्याम्पससँग थप ५ वर्षको लागि सहकार्य गर्न पाएकोमा हामी गौरवान्वित छौँ । व्यवसायिक सामाजिक उत्तरदायित्व अन्तर्गत, शिक्षा क्षेत्र हाम्रो प्राथमिकतामा छ र एक जिम्मेवार व्यवसायिक नागरिकका रुपमा आगामी वर्षहरुमा पनि शिक्षा क्षेत्रमा थप सहयोग पुर्याउने प्रतिवद्घता जनाउन चाहन्छौं ।’

एनसेल छात्रवृत्ति विभिन्न पाँच संकायमा स्नातक तहको प्रथम, द्घतिीय र तृतीय वर्षको वाषिर्क परीक्षामा प्राप्त गरेको उत्कृष्ट नतिजाको आधारमा क्रमशः द्घतिीय, तृतीय र चौथो वर्षमा अध्ययनरत विद्यार्थीले प्राप्त गर्दछन् भने पाँचवटै संकायका छात्रामध्येबाट उत्कृष्ट नतिजा ल्याएका द्वितीय, तृतीय र चौथो वर्षमा अध्ययनरत एकरएक जना गरी तीन छात्राले यो छात्रवृति पाउने गर्दछन् ।

यसैगरी उत्कृष्टता सम्मान अन्तर्गत ईलेक्ट्रिकल, ईलेक्ट्रोनिक्स्, कम्प्युटर, सिभिल र मेकानिकल ईन्जिनियरिङ्ग संकायमा सर्वोत्कृष्ट नतिजा सहित स्नातक तहकोे पढाइ सकाएका प्रत्येक संकायका १र१ जना र यी पाँचै संकायका छात्राहरु मध्यबाट सर्वोत्कृष्ट ठहरिएकी एक छात्राले उत्कृष्टता सम्मान प्राप्त गर्दछ । हरेक छात्रवृत्ति तथा उत्कृष्टता सम्मान पुरस्कारको राशि रु १ लाख रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here