सांसद भण्डारीलाई २ बजे श्री एयरलाइन्सबाट मुम्बई लगिने


४ फाल्गुन २०७९, बिहीबार १३:३१ मा प्रकाशित

झापा । नेपाली कांग्रेसका नेता तथा सांसद चन्द्र भण्डारीलाई बिहीबार दिउँसो २ बजेपछि श्री एयरलाइन्सको विमानमार्फत मुम्बइ लगिने भएको छ ।

बुधबार ग्यास सिलिण्डर पड्किएर आगलागी हुँदा भण्डारी र उहाँकी आमा गम्भीर घाइते हुनुभएको थियो ।

हाल कीर्तिपुर अस्पतालमा उपचाररत भण्डारीलाई थप उपचारका लागि चिकित्सकको टोलीसहित मुम्बईमा रहेको नेशनल बर्नस् सेन्टरमा लगिने स्वास्थ्य तथा जनसंख्या मन्त्री पदम गिरीको सचिवालयले जनाएको छ ।

सांसद भण्डारीकी आमाको भने बिहीबार विहान कीर्तिपुर अस्पतालमा निधन भइसकेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here