‘केपी ओली कप २०७९’को पूर्वसन्ध्यामा एमाले नेता र कलाकारबीच मैत्रीपूर्ण खेल


३ फाल्गुन २०७९, बुधबार १९:५१ मा प्रकाशित

काठमाडौं । ‘केपी ओली कप २०७९’ राष्ट्रिय फुटबल प्रतियोगिताको तयारी स्वरुप राजनीतिकर्मी र कलाकारबीच मैत्रीपूर्ण फुटबल आयोजना गरिएको छ ।

एन्फा कम्प्लेक्समा रहेको फुटबल मैदानमा भएको खेलमा एमालेका नेताहरु र कलाकारहरु सहभागी भएका थिए ।

फुटबलमा एमाले महासचिव शंकर पोखरेल, महेश बस्नेत, किरण पौडेल लगायत सहभागी थिए भने कलाकार तर्फ जितु नेपाल, रचना रिमाल, कुमार कट्टेल लगायत सहभागी थिए । केपी ओली कप २०७९ फागुन ११ गतेबाट सुरु हुदैछ । प्रतियोगिता आठ टोलीको सहभागिता रहेको रहने आयोजक युवा संघ नेपालले जनाएको छ ।

प्रतियोगिताको विजेताले उपाधिसहित १० लाख नगद तथा उपविजेताले ५ लाख नगद प्राप्त गर्ने आयोजकले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here