जोमसोमबाट पोखराका लागि छुटेको बस कालीगण्डकीमा खस्दा , १७ जना घाइते


३ फाल्गुन २०७९, बुधबार १४:३६ मा प्रकाशित

काठमाण्डौ । मुस्ताङको जोमसोमबाट पोखराका लागि छुटेको बस कालिगण्डकी नदीमा खसेको छ ।

बेनी–जोमसोम कोरला सडक अन्तर्गत थासाङ गाउँपालिका–३ धम्पुमा बिहान ना ७ ख ७४४० नम्बरको बस दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ ।

दुर्घटनामा १७ जना यात्रु घाइते भएका छन् ।

घाइतेहरुको गण्डकी अस्पताल पोखरामा उपचार भइरहेको छ । बस दुर्घटनाको कारण खुलेको छैन । दुर्घटनाको थप विवरण आउन बाँकी छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here