महेन्द्रनगर । प्रधानमन्त्री कप महिला क्रिकेटमा प्रदेश ५ र प्रदेश १ विजयी भएका छन् । हेन्द्रनगरमा भइरहेको प्रतितयोगिताको समूह ‘ए’ को खेलमा प्रदेश ५ ले गण्डकी प्रदेशलाई ८ विकेट ले पराजित गर्यो ।
पहिले ब्याटिङ गरेको गण्डकी प्रदेशले १८.३ ओभरमा ७८ रनमा अलआउट भयो। उसक लागि सुशीला गुरुङले १९ रन जोडे। बलिङमा प्रदेश ५ की कृतिका मरासिनीले ३ विकेट लिइन् ।
७९ रनको लक्ष्य प्रदेश ५ ले १२.२ ओभरमा २ विकेटको क्षतिमा पूरा गर्यो । उसका लागि नेरी थापाले नटआउट २८ रन जोडिन्। गिता गोसाइले २० रन र सरस्वती घर्तीमगरले १० रन बटुले ।
समूह ‘बी’ को खेलमा प्रदेश १ ले प्रदेश २ लाई ८ विकेटले हरायो । पहिले ब्याटिङ गरेको प्रदेश २ ले २० ओभरमा ९ विकेटको क्षतिमा ७१ रन जोड्यो । उसका लागि शान्ति चौधरीले १४ रन जोडिन् भने शोभा आले र सरस्वती चौधरीले १३–१३ रन बटुले। बलिङमा प्रदेश १ की रुविना क्षेत्रीले ४ विकेट लिइन् ।
७२ रनको लक्ष्य प्रदेश १ ले १४.२ ओभरमा २ विकेटको क्षतिमा पूरा गरेको थियो । उसका लागि काजल श्रेष्ठले १९ रन तथा रुविना क्षेत्रीले नटआउट २६ रन जोडिन् । रोमा थापाले १४ रन र अप्सरी बेगमले नटआउट ४ रन बटुलिन् ।





