काठमाडौँ । चलचित्र विकास बोर्ड, नेपालको अध्यक्ष पद मनोनित हुनुभएका भुवन केसी पदवहाली गर्नुभएको छ ।
बुधबार चावहिलस्थित बोर्डको कार्यालयमा अभिनेता केसीले अध्यक्षको रुपमा पदभार ग्रहण गर्नुभएको हो । पदभारपछि केसीले सवैसंग छलफल गरेर आगामी कार्ययोजना बनाउने बताउनुभयो । बोर्डको सेवालाई नियमकानूनको परिधिभित्र बसेर सहज ढंगले अघि बढाउने उहाँले बताउनुभयो ।
उहाँले सरकारले आफुलाई दिएको जिम्मेवारीलाई प्रतिवद्ध भएर अघि बढाउने जिकिर गर्नुभयो । यसअघिका अध्यक्षले सुरु गरेको कार्ययोजनालाई निरन्तरता दिने र आफ्नो नयाँ कार्ययोजना ल्याउने उहाको भनाइ छ ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले दुई बर्षका लागि बोर्डको अध्यक्षमा केसीलाई मनोनित गरेको थियो ।





