नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फिर्ता


३ श्रावण २०७९, मंगलवार १८:४३ मा प्रकाशित

आईसीसी विश्वकप लिग टू अन्तर्गतको स्कटल्याण्ड सिरिज खेलेर नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फर्किएका छन् । नेपाली टोली मंगलबार अपरान्ह नेपाल आईपुगेका हुन् ।

नेपाली टोलीलाई नेपाल क्रिकेट संघ(क्यान) का पदाधिकारीले स्वागत गरे । स्वदेश फर्किपछि कप्तान सन्दीप लामिछानेले अबको मुख्य लक्ष्य एकदिवसीय अन्तराष्ट्रिय मान्यता कायम राख्नु रहेको बताउनुभयो ।

आफु मैदानमा कप्तान भन्दा पनि खेलाडीको रुपमा रहने उहाले बताउनुभयो  । उहाले बारम्बार क्रिकेट खेलिरहनु राम्रो कुरा भएपनि सकारात्मक नजिता निकाल्न नसकेको बताउनुभयो । लामिछाने आगामी दिनमा सवै चूनौति पार गरेर राम्रो नजिता निकाल्ने प्रयास गर्ने जिकिर गर्नुभयो ।

त्यस्तै नेपाली टोलीका मुख्य प्रशिक्षक पुबुदु दासानायकेले नया परिस्थीतिमा जीत निकाल्न कठिन भएपनि नयाँ अनुभव हासिल भएको बताउनुभयो । उहाले नेपाललाई एकदिवसीय मान्यता कायम राख्न आगामी दिनमा मेहनत गर्नुपर्ने धारणा राख्नुभयो ।

स्कटल्याण्ड सिरिजमा नेपालले घरेलु टोली र नामिबियासँग दुई दुई खेल खेलेको थियो । सिरिजको ४ खेलमा नेपाल एक खेलमा मात्र विजयी भएको थियो ।

नामिबियासँगको दुई खेलमा दुवैमा नेपाल पराजित भएको थियो । घरेलु टोलीसँग नेपालले एक खेलमा जित र एकमा हार व्यहोरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here