काठमाण्डौ । राष्ट्रपति विद्यादेवी भण्डारीकै फोटो राखेर नक्कली फेसबुक पेज बनाएको पाइएपछि नेपाल प्रहरीको साइबर ब्युरोले अनुसन्धान थालेको छ ।
फेसबुकमा अनुदान नामको फेसबुक पेज बनाएर राष्ट्रपतिको फोटो राखेर विभिन्न प्रलोभन देखाउँदै पोस्ट गर्न थालेपछि साइबर ब्युरोले अनुसन्धान थालेको हो ।
‘राष्ट्रपतिकै फोटो दुरुपयोग गरेर यसरी गैरकानुनी क्रियाकलाप गरिरहेको थाहा पाउनेबित्तिकै साइबर ब्युरोलाई अनुसन्धानका लागि आग्रह गरेको, राष्ट्रपतिका सञ्चार विज्ञ टीका ढकालले बताउनु भयो ।
नक्कली पेजमा ‘राज्य सहायताका लागि अहिले दर्ता गर्नुहोस र नेपालमा प्रतिपरिवार एक हजार डलरसम्म पाउनुहोस’, भन्ने उल्लेख गरीएको छ ।





