अर्जुधारा ११ मा निमार्णाधीन बाइपास नालाको अनुगमन


१९ असार २०७९, आईतवार १६:१६ मा प्रकाशित

भरत प्रसाईअजर्नुधारा, नेकपा एमालेका झापा इन्चार्ज तथा पार्टीका स्थायी कमिटी सदस्य अग्नि खरेलले आज अर्जुधारा ११ मा निमार्णाधीन बाइपास नालाको अनुगमन गर्नुभएको छ ।

प्रत्येक बर्ष अर्जुनधारा ११ र बिर्तामोड ५ क्षेत्रमा हुदै आएको डुवानलाई नियन्त्रण गर्न बाँधसहित बाइपास नाला निमार्ण कार्यमा उहाँ जुट्नु हो । बर्षाको समयमा अर्जुनधारा ११ हुदै बिर्तामोडको बस पार्क क्षेत्रमा निकासको पानी पस्दा बस पार्क क्षेत्रनै जलमग्न हुने गरेको छ ।

बिगतमा स्थानीय सरकारसंग पहल गर्दा पनि आयोजनाले मुर्त रुप लिन सकिरहेको थिएन । करीव २०० भन्दा बढी घर परिवार प्रत्यक्ष प्रभावीत पर्ने डुवानको समस्यालाई सम्बोधन गर्ने प्रयोजनले अर्जुनधारा ११ र बिर्तामोड ५ का वडा अध्यक्ष खगेन्द्र इङनाम र रोहित प्रसाईले सहजीकरण गर्दै इन्चार्ज खरेलसंग आयोजना पुर्णताका लागी सहयोग माग्नु भएको थियो ।

शहर बसाउँदा ब्यवस्थित मापदण्ड अनुरुपको ढल निकासको विशेष ख्याल नराख्दा बर्षाको समयमा डुवानको समस्या आउने गरेको नेकपा एमालेका झापा इन्चार्ज खरेलले बताउनु भयो । करीव ३०० मिटर लामो नाला निमार्ण गर्न करीव ६० लाख लाग्ने वडा नम्वर ५ का पुर्ववडा प्रतिनिधि लक्ष्मीप्रसाद बासकोटाले बताउनु भयो ।

प्रदेश सरकारको शहरी बिकास मन्त्रालयसंग सहकार्य गरी उक्त रकम विनियोजन गरिएको बासकोटाको भनाई छ । उहाँका अनुसार पानी लाई चिया बगान हुँदै रेखा खोलातर्फ मोडिँदा डुवानको समस्या बाट जनतालाई मुक्त गर्न सकिने अनुगमन कार्यक्रममा बिर्तामोड ५ का पुर्व वडाध्यक्ष राजेन्द्रप्रसाद लिङदेन, नेकपा एमालेका नगर कमिटी अध्यक्ष, सुवास भट्टराई, पुर्ववडा प्रतिनिधि लक्ष्मीप्रसाद बासकोटा लगायत स्थानीयबासीको उपस्थिति रहेको थियो ।००

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here