काठमाडौं। सभामुख अग्निप्रसाद सापकोटा असंलग्न आन्दोलन संसदीय सञ्जाल (Non Aligned Movement Parliamentary Network ) को सम्मेलनमा सहभागी हुन मंगलबार अजरबैजान गएका छन् ।
अजरबैजान संसदको आयोजनामा असार १६ देखि १८ सम्म अजरबैजानको बाकुमा सम्मेलन हुँदैछ ।
उक्त सम्मेलनमा सहभागी हुन सभामुख सापकोटा नेतृत्वको संसदीय प्रतिनिधिमण्डल मंगलबार विहान सवा ११ बजे त्यसतर्फ प्रस्थान गरेको हो ।





