काठमाडौं । जनता समाजवादी पार्टी जसपा को संस्थापन पक्षले मन्त्री हेरफेर गर्ने तयारी मा लागेको श्रोतले बताएको छ ।
असन्तुष्ट डा.बाबुराम भट्टराई अलग हुने तयारी गरिरहेका बेला अध्यक्ष उपेन्द्र यादव पक्षले भने मन्त्री हरफेरको तयारीमा जुटेको बुझिएको छ ।
अध्यक्ष यादवले सोमबार साँझ कार्यकारिणी समिति सदस्यहरुको अनौपचारिक छलफल बोलाएका बोलाउनु भउको थियो । त्यो भेलामा ३४ मध्ये २० जना उपस्थित थिए ।
बैठकमा नेताहरुबीच मन्त्री हेरफेरबारे छलफल भएको थियो । ‘चुनावलाई ध्यानमा राखेर मन्त्री हेरफेर गर्ने तयारी छ,’ एक कार्यकारिणी सदस्य बताउछन् ‘एकाध कि सिंगो टिम हेरफेर गर्ने भन्ने टुंगो लागिसकेको छैन ।





