नागकिरता विधेयक पारित गर्न सरकार प्रयत्नसशिल छ : बालकृष्ण खाँण


१३ असार २०७९, सोमबार १८:३१ मा प्रकाशित

काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाँणले नागकिरता विधेयक छिटो सदनबाट पारित गराउन सरकार प्रयत्नसशिल रहेको बताउनुभएको छ ।

राष्ट्रियसभामा सोमबार विनियोजन विधेयकमाथि उठेका प्रश्नको जवाफ दिने क्रममा गृहमन्त्री खाँणले विधेयक अघि बढाउने सन्दर्भमा विभिन्न राजनीतिक दलका शीर्ष नेतृत्वसँग छलफल भइरहेको र यसलाई छिटो सदनबाट पारित गराउन सरकार प्रयत्नसशिल रहेको बताउनुभएको हो । उहाँले हाल नागरिकता प्राप्त गर्न नसकेका युवाका बारेमा केही सिफारिसपत्र तयार पारेर उनीहरूलाई नागकिरले प्राप्त गर्ने सवै अधिकार प्रदान गर्न लागिएको पनि बताउनुभयो ।

गृहमन्त्री खाँणले डडेलधुराकी जमरानीया आधारभूत स्वास्थ्य सेवा केन्द्रमा कार्यरत अस्मिता धामीको मृत्युको घटनामा अनुसन्धान जारी रहेको सदनलाई जानकारी दिनुभयो । यस्तै निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनाका दोषीको लामो समयदेखि खोजी कार्य भइरहेको र प्रहरीले बहुआयामिक ढङ्गले अनुसन्धान गरिरहेको उहाँले जानकारी दिनुभयो । उहाँले विपद् व्यवस्थापनसम्बन्धी आवश्यक तयारी गरिएको र पूर्व तयारी, उद्धार, राहत तथा पुनःस्थापनका लागि सवै निकायलाई तयारी अवस्थामा राखिएको जानकारी दिनुभयो ।

मन्त्री खाँणले संसद्, कूटनीतिक नियोग, प्रधानमन्त्री, राष्ट्रपतिको कार्यालयसहति संवेदनशील निकाय रहेकाले कुनै झन्झट नहोस् भनेर सङ्घीय सरकारले नै सुरक्षा लिनुपर्ने आवश्यकता रहेको बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here