पर्यटनमन्त्री आलेद्वारा पदबाट राजीनामा


१२ असार २०७९, आईतवार १४:४२ मा प्रकाशित

काठमाडौँ । सँस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले मन्त्री पदबाट राजीनामा दिनुभएको छ।

४८ घन्टाभित्र राजीनामा दिने घोषणाअनुसार उहाँले मन्त्री पदबाट दिएको राजीनामा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई बुझाउनु भएको हो।

उहाँले आफ्नो कार्यकालमा भएका कामको विवरण सार्वजनिक गर्ने तयारी पनि गर्नुभएको छ।

एकीकृत समाजवादीको मन्त्रिपरिषद् हेरफेरबारे असन्तुष्टि जनाएकामध्ये ६ जनाले आफ्नो हस्ताक्षर फिर्ता लिइसकेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here