खोटाङ । पूर्वको पशुपतिनाथले प्रसिद्ध खोटाङको हलेसी मन्दिरमा दर्शनार्थी गणना मेशिन जडान गरिएको छ ।
हलेसी तुवाचुङ नगरपालिका-७ महादेवस्थानमा अवस्थित हलेसी मन्दिर दर्शन गर्न आएका भक्तालु तथा दर्शनार्थीहरुको दैनिक संख्या राख्नलाई गणना मेशिन जडान गरिएको हो ।
जडान गरिएको मेशिनको शनिबार हलेसी तुवाचुङ नगरपालिकाका मेयर बिमला राईले शनिवार उद्घाटन गर्नुभयो ।
संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत माछापुछ्रे बैंकले मन्दिरको मुल गेटमा निःशुल्क मेशिन जडान गरिदिएको हो ।
मेशिन जडान भएपछि अब दैनिक रुपमाहलेसी मन्दिर दर्शन गर्न आउने भक्तालु तथा दशनार्थीको विवरण राखिने मेयर राईले बताउनु भयो ।
पूजाआजा तथा दर्शनका लागि हलेसी मन्दिरमा नेपाल बाहेक भारत, भुटान, चिन, सिंगापुर, जापान, रुस, अमेरिका, अष्ट्रेलिया, फ्रान्स, डेनमार्क, पोर्चुगल, रसियालगायतका मुलुकबाट भक्तजनहरु आउने गरेका छन् ।





