भारतको दार्जीलिङमा जिटिए चुनाव, पश्चिम बंगालसंग जोडिएका नेपालका नाका सिल


११ असार २०७९, शनिबार ११:४१ मा प्रकाशित

झापा । छिमेकी देश भारतको दार्जीलिङसंग सीमा जोडिएका नेपालका नाका सिल गरिएको छ।

दार्जीलिङमा गोर्खाल्याण्ड टेरिटोरियल एडमिनिस्ट्रेसनको चुनावका कारण नेपालका नाका सिल गर्नुपरेको जिल्ला प्रशासन कार्यालय झापाले जनाएको छ।

दार्जीलिङमा आइतबार चुनाव हुँदैछ। शुक्रबार बिहानदेखि ७२ घण्टाका लागि नाका सिल गरिएको हो।

पश्चिम बङ्गालसँग सीमा जोडिएको इलामको पशुपतिनगर र झापाको काँकरभिट्टा नाका सिल गरिएको हो।

सिल गरिएको नाका आइतबार राति १२ बजे खोलिनेछ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here