धनगढी । नेकपा एमालेका कार्यकर्ताहरुले मूल्य वृद्धिको विरोधमा कैलालीको धनगढीमा सरकारी गाडीहरु सञ्चालनमा अवरोध गरेका छन् ।
नेकपा एमाले सम्बद्ध अनेरास्ववियु र राष्ट्रिय युवा संघ नेपालले आज बुधबार बिहान १० बजेदेखि साँझ ५ बजेसम्म सरकारी सवारी साधन सञ्चालनमा अवरोध गरेका हुन् ।
युवाहरूले आन्दोलनका कार्यक्रम अन्तरगर्त सरकारी सवारीसाधन चलाएर कार्यालय जाने कर्मचारीहरूलाई ठाउँ–ठाउँमा रोकेर चावी खोसेका थिए ।
धनगढीको एलएन चोकमा धनगढी उपमहानगरपालिका, प्रदेशसभा सचिवालय, पूर्वाधार विकास मन्त्रालयका गाडि र २५ वटा सरकारी मोटरसाइकल नियन्त्रणमा लिइएको राष्ट्रिय युवा संघ धनगढी नगर किमिटी संयोजक अविशेक नाथले बताउनु भयो ।
नियन्त्रणमा लिइएका सवारीसाधन पाँच बजेपछि मात्र छाडिने उहाँले जानकारी दिनु भयो ।
सर्वसाधारण मारमा पर्दा कसैको आवाज ननिस्कनु आफैमा बिडम्वना रहेको बताउदै, सर्वसाधारणको दुखसगं कसैलाई मतलव नभएको भन्दै आक्रोश पोख्नु भयो ।





