पाँचथर । जल्ला समन्वय समिति पाँचथरमा सक्तारुढ गठबन्धनका उम्मेद्धारह निर्वाचित भएका छन् । गठबन्धनमा रहेका नेपाली कांग्रेस, नेकपा माओबादी केन्द्र र नेकपा एकिकृत समाजबादीले मात्र उम्मेद्धारी दर्ता गराएका थिए ।
प्रमुखमा कांग्रेसका रामराज आङदेम्बे र उपप्रमुख नेकपा माओबादी केन्द्रका यामकुमार आङवो सहितको पुरै टिमले उम्मेद्धारी दर्ता गराएका हुन् ।
सदस्यहरूमा कांग्रेसबाट डीलेन्द्रकुमार शेर्मा,टेकराज योङहाङ र हिमवती जवेगुको उम्मेद्धारी दर्ता हुदाँ नेकपा माओबादी केन्द्रको तर्फबाट रिना गुरुङ मणिकुमार थाम्सुहाङ,अमृत राई र नेकपा एकिकृत समाजबादीको तर्फबाट लेन्जु थाम्सुहाङको उम्मेद्धारी दर्ता भएको हो ।
जिल्ला समन्वय समितिमा आवश्यक ९ जनाको मात्र उम्मेद्धारी दर्ता भए पछि पुरै टिम निर्विरोध निर्वाचित भएको सहायक निर्वाचन अधिकृत राजन सुबेदीले जानकारी दिनुभयो ।
निर्वाचन कार्यतालीका अनुसार उम्मेद्धार माथि दाबी बिरोधको कार्यतालीका भोली भए पनि अरु कसैको उम्मेद्धारी नपरेकाले कानुन अनुसार दाबी बिरोध नहुने सुबेदिले बताउनुभयो । आवश्यक ९ जनाको मात्र उम्मेद्धारी परेकाले शनिबार १ बजे सफथ गराउने तयारी रहेको सुबेदीले जानकारी दिनुभयो ।
जिल्ला समन्वय समितिका लागी कांग्रेस संग ७ मतभार, नेकपा माओबादी सँग ६ मतभार र एमाले संग ३ मतभार रहेको छ । जिल्ला समन्वय समितिमा निर्वाचित हुनको लागी ८ मत भार चाहिन्छ । कांग्रेस र माओबादी मिल्दा १३ मत पुग्छ ।
जिल्ला समन्वय समितिका लागि स्थानीय तह प्रमुख, उपप्रमुख, वडाध्यक्ष, सदस्यले उम्मेदवारी दिन पाउनेछन् । मत भने स्थानीय तह प्रमुख र उपप्रमुखले मात्रै दिन पाउने व्यवस्था छ ।





