सिसडोल पुगेर बालेनले भन्नुभयो, ‘मलाई काम गर्न दिनुस्’


२१ जेष्ठ २०७९, शनिबार ०६:४२ मा प्रकाशित

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले आफूले शपथ लिएको दिनदेखि नै फोहोर व्यवस्थापन कसरी गर्ने भन्ने विषयमै ध्यान दिएको बताउँदै त्यसका लागि नुवाकोटको सिसडोलका स्थानीयसँग केही दिनको समय माग्नु भएको छ ।

‘म आफ्नो जागिर र काम छाडेर जनताको सेवाका लागि मेयर पदमा लडेको हुँ,’ उहाँले भन्नुभयो, ‘मलाई काम गर्न दिनुस् ।’

आफूले सहज रूपमा काम गर्न पाए एक साताभित्रै सिसडोललाई दुर्गन्धमुक्त बनाउने प्रतिबद्धता उहाँले व्यक्त गर्नुभयो।

उपमेयर सुनीता डंगोलसहित शुक्रबार बिहान काठमाडौंको फोहोर विसर्जन गर्ने स्थल सिसडोल पुग्नु भएका शाहले केमिकल हालेर एक साताभित्रै सो ठाउँलाई दुर्गन्धमुक्त बनाउने प्रतिबद्धता व्यक्त गर्नु भएको हो।

फोहोर विसर्जनस्थलको अनुगमनका क्रममा स्थानीयको गुनासो सुनिसकेपछि उहाँले दुर्गन्ध हटाउने उपायबारे आफूले विज्ञहरूसँग आवश्यक छलफलसमेत गरेको बताउनुभयो।

‘केमिकल हालेको एक साताभित्र दुर्गन्ध आउनेछैन,’ उहाँले भन्नुभयो, ‘त्यसका लागि स्थानीयले केही सहयोग गर्नुपर्ने हुन्छ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here