चितवन। राप्ती नगरपालिकामा बाघको आक्रमणबाट एक जना महिलाको ज्यान गएको छ ।
राप्ती नगरपालिका वडा नम्बर १ मा चितवन राष्ट्रिय निकुञ्जभित्र घाँस काट्न गएकी त्यही ठाउँकी ५५ वर्षीया सोतीमाया तामाङलाई बाघले आक्रमण गर्दा ज्यान गएको प्रहरीले जनाएको छ ।
नेपालमा निकुञ्ज तथा वरपर बाघको आक्रमणबाट मानिसहरूको ज्यान जाने गरेको छ ।





