स्थानिय चुनाव भन्दा, ७२ घण्टा अघिदेखि नेपाल–भारत सीमानाका बन्द गर्ने निर्णय


७ बैशाख २०७९, बुधबार ११:५१ मा प्रकाशित

काठमाडौं । सुरक्षा र चुनावमा कुनै किसिमको प्रभाव नपरोस भनि ७२ घण्टा अघिदेखि नै सिमा नाका बन्द गर्ने दुई देशका सुरक्षा अधिकारीको संयुक्त बैठकले निर्णय गरेको छ ।

भारतको मधुवनी जयनगरमा बसेको दुई देशका सुरक्षा अधिकारीको संयुक्त बैठकले वैशाख ३० गते हुने पालिका चुनावका लागि ७२ घण्टा अगाडिदेखि सीमा नाका बन्द गर्ने निर्णय गरेको हो ।

खुल्ला सीमा नाकाका कारण चुनावका बेला हुनसक्ने सुरक्षा चुनौतीलाई ध्यानमा राखेर सीमा नाका बन्द गर्ने निर्णय भएको धनुषाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जानकारी दिनुभयो ।

बैठकमा सीमा वारपारको सम्बन्ध, दशगजाको व्यवस्थापन, दुईपक्षको आन्तरिक सुरक्षा, तस्करी न्यूनीकरणलगायतका विषयमा पनि छलफल भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here