अमेरिकामा थप ४२ हजार जनामा कोरोना संक्रमण


२१ भाद्र २०७७, आईतवार ०८:०१ मा प्रकाशित

काठमाडौं । अमेरिकामा थप ४२ हजारभन्दा बढीलाई कोरोना भाइरसको संक्रमण भएको छ ।

तथ्याङ्क अद्यावधिक गरिरहेको साइट वर्ल्डोमिटर्सका अनुसार आइतबार ४२ हजार ९५ जनामा संक्रमण पुष्टि भएको छ ।

योसँगै अमेरिकामा कोरोना संक्रमित संख्या ६४ लाख ३१ हजार १५२ पुगेको छ। संक्रमितमध्ये अहिलेसम्म ३७ लाख ७००० जना संक्रमणमुक्त भएका छन् ।

उपचार गराइरहेका २५ लाख ‍३१ हजार ३३४ जनामध्ये १४ हजार ९४२ जनाको अवस्था गम्भीर रहेको वर्ल्डोमिटर्सले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा थप ७०७ जनाको मृत्यु भएको छ । योसँगै अमेरिकामा कोरोनाले मृत्यु हुनेको संख्या १ लाख ९२ हजार ८१८ पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here