चितवनमा थप ९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि


२० भाद्र २०७७, शनिबार ०७:३४ मा प्रकाशित

चितवन । चितवनमा थप ९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

भरतपुर अस्पतालको कोभिड ल्यावमा शुक्रबार राति गरिएको परीक्षणमा चितवनका ७ तथा नवलपुर र रूपन्देहीका एक/एक जनामा संक्रमण पुष्टि भएको हो ।

चितवनस्थित भरतपुर अस्पतालको कोभिड ल्यावकी प्रमुख डा. नीतु अधिकारीका अनुसार संक्रमितहरू १४ देखि ६० वर्ष उमेर समूहका छन् ।

भरतपुर नगरपालिकाका विभिन्न ४ वडाका ४ पुरूष र ३ महिला तथा नवलपुर र रूपन्देहीका एकरएक जना पुरूषमा संक्रमण पुष्टि भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here