बागलुङ बाढी अपडेटः ८ शव भेटिए, १३ जना बेपत्ता


१८ भाद्र २०७७, बिहीबार १२:३२ मा प्रकाशित

काठमाडौं । बागलुङको ढोरपाटन नगरपालिका वडा नं. ७, ८ र ९ का तटीय वस्तीमा बाढी पस्दा मृत्यु हुनेको संख्या ८ पुगेको छ । १३ जना बेपत्ता भएका छन् ।

जिल्ला प्रहरी कार्यालय बागलुङका अनुसार घटना स्थलमा फेला परेका ८ जनाको शवको पहिचान हुन सकेको छैन । जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायब उपरीक्षक तथा सूचना अधिकारी राजेन्द्र रेग्मीका अनुसार बेपत्ता र मृतकको संख्या बढ्न सक्छ ।

अविरल वर्षासँगै गएराति १२ बजेको तिर आएको बाढी वस्तीमा पसेको थियो । सुकुर्दुङस्थित भुजी खोलाको बाढीले १३ घर बगाएको छ । बाढीले विद्यालय, जलविद्युत आयोजना, झोलुङ्गे पुलहरुमा पनि क्षति पुर्‍याएको स्थानीयले बताएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here