चितवनमा उपचाररत कोरोना संक्रमित एक महिलाको मृत्यु


१८ भाद्र २०७७, बिहीबार ०८:०८ मा प्रकाशित

चितवन । चितवन मेडिकल कलेजमा उपचाररत थप एक कोरोना संक्रमित महिलाको मृत्यु भएको छ ।

भरतपुर महानगरपालिका वडा नम्बर ११ की ४० वर्षीया महिलाको उपचारका क्रममा मृत्यु भएको अस्पतालका अध्यक्ष एवम् प्रबन्धनिर्देशक प्रा.डा. हरिशचन्द्र न्यौपानेले जानकारी दिए ।

यही भदौ ५ गते स्वासप्रस्वासमा समस्या भएपछि उनलाई अस्पतलामा भर्ना गरिएको थियो । भदौ १० गते कोरोना सङ्क्रमण पुष्टि भएकी उनको बुधबार राति १२ः४० बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।

योसँगै चितवनमा कोरोनाले मृत्यु हुनेको संख्या १८ पुगेको छ । मृतकमध्ये चितवनका १० जना, मकवानपुरका ४ जना, बारा, गोर्खा, कैलाली र नवलपसारी सुस्ता पूर्वका १÷१ जना छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here