टान्टीङ खोलाले बगाएर १ जनाको मृत्यु


१७ श्रावण २०७७, शनिबार २०:३४ मा प्रकाशित

झापा । झापामा टान्टीङ खोलाले बगएर एक जनाको मृत्यु भएको छ ।

अर्जुनधारा नगरपालिका वडा नं ४ का ५६ बर्षीय बिदुर पराजुलीको टाङटिङ खोलाले बगाएर मृत्यु भएको हो ।
आज दिउँसो १२ बजे खोला तर्ने क्रममा पराजुलीलाई खोलाले बगाएको वडा नं. ४ का वडा अध्यक्ष दुर्गा दाहालले जानकारी दिए ।

इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले मृतकलाई पोष्ट मार्टमका लागि अस्पताल पठाएको र कानूनी प्रकृया पुरा गरी अन्य थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here