लकडाउनले बन्द भएका होटल ४ महिनापछि आजदेखि सञ्चालनमा


१५ श्रावण २०७७, बिहीबार ०८:४५ मा प्रकाशित

काठमाडौं । लकडाउनले बन्द भएका होटल तथा रेष्टुरेन्ट चार महिनापछि आजदेखि सञ्चालनमा आउँदै छन् ।

सरकारले स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर होटल तथा रेष्टुरेण्ट सञ्चालन गर्न दिने निर्णय गरेपछि आजदेखि सञ्चालनमा आउन लागेका हुन् ।

होटल सञ्चालनमा आए पनि कोरोना भाइरसको महामारी कायमै रहकाले विदेशी एवं आन्तरिक पर्यटकको चहलपहल नहुँदासम्म ब्यापार हुने सम्भावना नरहेको व्यवसायीहरूले जनाएका छन् ।

बिहीबारदेखि होटल तथा रेस्टुरेन्ट सञ्चालन हुने भए पनि तारे होटलले भने १० प्रतिशत मात्र सेवा सञ्चालन गर्न लागेको होटल एसोसिएसन अफ नेपालले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here