आगामी आर्थिक वर्षको बजेट आज सार्वजनिक गरिदै


१५ जेष्ठ २०७७, बिहीबार ०८:३० मा प्रकाशित

काठमाडौं । सरकारले आज आगामी आर्थिक वर्ष २०७७/०७८ को बजेट संसदमा प्रस्तुत गर्दैछ ।

अर्थमन्त्री डा.युवराज खतिवडाले संघीय संसदको संयुक्त बैठकमा अपराह्न ४ बजे राजश्व र आयको विवरण (बजेट) प्रस्तुत गर्नेछन् । नेपालको संविधान बमोजिम हरेक वर्ष जेठ १५ गते सरकारले संसदमा वार्षिक बजेट प्रस्तुत गर्नुपर्ने व्यवस्था छ ।

सभामुख अग्निप्रसाद सापकोटाले बैठकका लागि दिउँसो ३ बजेर ४५ मिनेट अगावै उपस्थित भइसक्न सबै सदस्यलाई आग्रह गरेका छन् ।

नीति तथा कार्यक्रममा प्राथमिकतमा राखिएका कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणसहित कृषि र रोजगारी लगायतका क्षेत्रलाई केन्द्रित गरेर बजेट ल्याइने छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here