नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ८८६ पुग्यो


१४ जेष्ठ २०७७, बुधबार १६:४० मा प्रकाशित

काठमाडौं । नेपालमा बुधबार थप ११४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ८८६ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित लाइभ अपडेटमा नेपालमा हालसम्म ८८६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिएको हो ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले अहिलेसम्म कोभिड–१९ पुष्टि भएका व्यक्तिको संख्या ८८६ पुगेको जानकारी दिएका हुन् ।

हालसम्म १८३ जना निको भएर घर फर्किएका छन् । जसमा १४२ पुरुष र ४१ महिला रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here