सेनाले किनेको स्वास्थ्य सामग्री लिन चीन जाँदै नेपाल एयरलाइन्सको जहाज सूर्योदय संवाददाता १४ जेष्ठ २०७७, बुधबार १३:५१ मा प्रकाशित काठमाडौं । नेपाली सेनाले खरिद गरेको स्वास्थ्य सामग्री लिन नेपाल एयरलाइन्सको वाइडवडी जहाज आज साँझ चीन जाने भएको छ। नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेका अनुसार, चीनको ग्वान्जाओमा जम्मा गरिएको स्वास्थ्य सामग्री लिन जहाज चीनतर्फ जान लागेको हो ।