च्याम्पियन र रेलिगेट घोषणा नगरि रद्द भयो डच फुटबल लिग


१३ बैशाख २०७७, शनिबार ०८:४४ मा प्रकाशित

काठमाडौं । नेदरल्यान्डको शीर्ष डिभिजन फुटबल लिग दी एरेडिभिजको यो सिजन रद्द भएको छ।

कोरोना भाइरसको महामारीले बीचैमा स्थगित भएको लिगको यो सिजनका खेल सुचारु गर्न नसकेपछि रद्द गरिएको हो । लिग बीचमै रद्द गर्नु परेपछि यो सिजनमा कुनै पनि टीमलाई विजेता घोषणा गरिएको छैन् भने कुनै टिमलाई घटुवा समेत गरिएको छैन ।

कोरोना भाइरसका कारण नेदरल्याण्डको सरकारले मुख्य इभेन्ट्सहरु सेप्टेम्बर १ सम्म नगर्न निर्देशन दिएपछि लिगको यो सिजन रद्द गरिएको हो ।

डच फुटबलको नियामक संस्था केएनभिबीले भनेको छ,` २०१९/०२० को सिजनलाई संचालन गर्न असम्भव देखियो ।´

लिगमा ९ खेल बाँकी रहँदा अजाक्स अंक तालिकामा एजेड अलकमारसँग गोल अन्तरले अगाडि रहेपनि च्याम्पियन भने घोषणा गरेको छैन् । लिग बीचैमा रोकिएपछि शीर्ष दुई टोली अजाक्स र अलकमार च्याम्पियन्सलिगको छनोट चरणका खेल्नेछन् ।

केएनभिबीले भनेको आफू यो निर्णय लिन बाध्य भएको र यसले आफुहरुलाई पनि दुखी बनाएको बताएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here