झापामा एक जनामा कोरोना भाइरस संक्रमण पुष्टि,नेपालमा संक्रमितको संख्या ४९ पुग्यो


१२ बैशाख २०७७, शुक्रबार २०:३४ मा प्रकाशित

विर्तामोड । झापामा एक जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
सुनसरीको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणका क्रममा दमकका ६२ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको हो ।

यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ४९ पुगेको छ ।उनी आइसोलेशनमा अस्पतालमा रहेको र स्वास्थ्य अवस्था सामान्य रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here