बेलायतले कोरोना भाइरसविरुद्धको खोप मानिसमा परीक्षण गर्न थाल्यो


१२ बैशाख २०७७, शुक्रबार १०:४८ मा प्रकाशित

काठमाण्डौं । बेलायतमा कोरोना भाइरस (कोभिड १९) विरुद्धको खोप मानिसमा परीक्षण गर्न थालिएको छ ।

भाइरसविरुद्धको खोप परीक्षणका लागि आठ सय जनाभन्दा धेरै छनोट भएकामा दुई जना स्वयंसेवकलाई पहिलो पटक खोप दिइएको बीबीसीले जनाएको छ ।

उनीहरुमध्ये आधालाई कोभिड १९ विरुद्धको खोप र आधालाई मेनिनजाइटिस रोकथामको लागि आवश्यक खोप दिइनेछ । परीक्षणको क्रममा स्वयंसेवकहरुले आफूलाई कुन खोप दिइँदैछ भन्ने बारेमा भने थाहा पाउने छैनन् । तर डाक्टरलाई भने यस बारेमा जानकारी हुने खबरमा उल्लेख छ ।

अक्सफोर्ड युनिभर्सिटीमा तीन महिना लगाएर विकास गरिएको खोप परीक्षण गर्न थालिएको हो ।

कोरोना भाइरसविरुद्धको खोप लिनेमध्ये एक इलिसा ग्रानाटोले भनिन्, ‘म वैज्ञानिक हुँ त्यसैले मैले सकेसम्म वैज्ञानिकहरुको प्रक्रियालाई सहयोग गर्नुपर्छ ।’

‘यो खोपप्रति मलाई एकदमै विश्वास छु, उनले भनिन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here