झापा । रक्त क्यान्सरबाट पीडित इलाम नगरपालिका ५ निवासी १९ वर्षीय सोमनाथ ढकालको उपचारमा सहयोग गरिदिन उनका परिवारले आग्रह गरेका छन् ।
ढकाल १ महिना अघिदेखि त्रिवि टिचिङ अस्पताल काठमाडौंमा उपचार गराई रहेका छन् ।इलाम निवासी गोपाल ढकालका छोरा सोमनाथको उपचारमा परिवारले धेरै रकम खर्च गरिसकेको र आर्थिक अवस्था कमजोर भएकाले थप उपचार गर्न समस्या भएको भन्दै परिवारले सहयोगको अपिल गरेको हो ।उनको उपचारमा २५ लाखलाग्ने भएकाले सहयोगी मनहरुसँग यथासक्य सहयोगको अपेक्षा गरेको परिवारले जनाएको छ ।
‘सहयोग गर्न चाहने सहयोगी मनहरुले सहयोग गरे सोमनाथले पुर्नजीवन पाउँथे,त्यसैले सहयोगको अपिल गरेको हो’उनका भिनाजु बिष्णु उप्रेतीले भने ।उनका लागि सहयोग आउने क्रम जारी छ । परिवारले सबैसँग सहयोगको आग्रह गरेको छ ।
सहयोग गर्न चहानु हुने महानुभावले प्राइम कमर्सियल वैंक लिमिटेडमा रहेको खता नं. १०१००११९CA मा ऋण वा सहयोग जम्मा गर्न परिवारले आग्रह गरेको छ ।साथै अन्य सहयोगका लागि इसेवा e-sewa तथा IME PAYबाट पनि सहयोग गर्न सकिने छ ।
सहयोगका लागि उनका भिनाजु झापा बुधबारेका बिष्णु उप्रेतीको मोवाइल नम्बर 9801452351 मा सम्पर्क गर्न सकिने छ ।





