झापा । १४ औं लोकतन्त्र दिवसको अवसरमा आज नेपाल विद्यार्थी संघ झापा र दमक नगरसमितिको आयोजनामा दमकमा रक्तदानको आयोजना गरिएको छ ।
झापाका अस्पतालहरुमा रगतको कमि हुन थालेसँगै ने.वि संघ झापा र दमक नगरसमितिको आयोजनामा रक्तदान गरिएको ने.वि संघ जिल्ला सभापति राजेन्द्र उप्रेतीले बताए । उनका अनुसार ३१ जनाले रक्तदान गरेका छन् ।
ने.वि संघका पूर्व केन्द्रिय उपाध्यक्ष तथा महासमिति सदस्य मेदनी सिटौलाको प्रमुख आतिथ्यमा भएको कायककक्रमा ने.वि संघ जिल्ला उपसभापति भवानी काफ्ले लगायतको उपस्थिता रहेको थियो । कोषाध्यक्ष नवराज ढकाल, वरिष्ठ जिल्ला सदस्य सहदेब भट्टराई, जिल्ला सदस्यहरू विशाल अधिकारी, नवराज न्यौपाने, मणि लिम्बु, अतित राई, दमक क्यापस इकाई सचिव योग बहादुर खड्का, सह सचिव सचिन श्रेष्ठ लगायतले लकडाउनको पूर्ण पालन गर्दै रक्तदान गरेका हुन् ।
सामाजिक दुरी कायम गरि नेपाल रेडक्रस सोसाइटीको ब्लड बैंक मै पुगेर रक्तदान गरेका संघका बरिष्ठ जिल्ला सदस्य सहदेब भट्टराईले जानकारी दिए । नेपाल रेडक्रस सोसाइटीको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम आयोजना गरिएको हो ।





