नैतिकताका आधारमा सरकारमा बसिरहन मिलेन: प्रधानमन्त्रीलाई उपेन्द्र यादवको राजीनामा पत्र


८ पुष २०७६, मंगलवार १६:३४ मा प्रकाशित

काठमाडौं । सरकारबाट बाहिरिन निर्णय गरेको केही समयमै उपप्रधान एवम् कानुन, न्याय तथा संसदीय मामिला मन्त्री उपेन्द्र यावले प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामा पत्र पठाएका छन् ।

मन्त्री यादवले आफैं उपस्थित नभएर ‘प्रतिनिधि’मार्फत प्रधानमन्त्री ओलीसमक्ष राजीनामा बुझाएका हुन् । समाजवादी पार्टीको मंगलबार बसेको पदाधिकारी बैठकले सरकारबाट बाहिरिने निर्णय गरेको थियो । उपप्रधानमन्त्री यादवले नैतिकताको आधारले सरकारमा बहिरहन औचित्य नभएको हुँदा राजीनामा दिएको घोषणा गरेका छन् ।

संविधान संशोधनका सन्दर्भमा सरकार गठनका बेला २ बुँदै सहमति भएको स्मरण गराउँदै यादवले प्रधानमन्त्रीबाट उक्त सहमतिको पालना भएको पनि उल्लेख गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here