मिनीटिपरले ठक्करले साइकलयात्रीको मृत्यु


८ पुष २०७६, मंगलवार ११:५६ मा प्रकाशित

महोत्तरी । महोत्तरीको जलेश्वर–जनकपुर सडकखण्डको चाँदनीचोकमा मिनीटिपरले ठक्कर दिँदा एक साइकलयात्रीको सोमबार साँझ मृत्यु भएको छ ।

मृत्यु हुनेमा जिल्लाको पिपरा गाउँपालिका–४ का ५५ वर्षीय रामदिनेश मण्डल रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले जानकारी दिए । धनुषाको जनकपुरबाट महोत्तरीको जलेश्वरतिर आउँदै गरेको बा ४ ख ५७२८ नंको मिनीटिपरले पिपरा गापा–५ को चाँदनीचोकमा साइकलमा यात्रारत मण्डललाई ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको थियो ।

मिनीटिपरका चालकलाई नियन्त्रणमा लिइएको र मृतकका शव परीक्षण गर्न गएराति नै जिल्ला अस्पताल जलेश्वरमा पठाइएको अधिकारीले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here