युभेन्टसलाई हराउँदै लाजिओले जित्यो सुपर कप


७ पुष २०७६, सोमबार १५:०५ मा प्रकाशित

साउदी । युभेन्टसलाई पराजित गर्दै सुपर कोपा इटालियाको उपाधि लाजिओले जितेको छ ।

आइतबार राति उपाधि भिडन्तमा युभेन्ट्सलाई ३–१ गोल अन्तरले पराजित गर्दै लाजिओले सिजनको पहिलो उपाधि जितेको हो । साउदी अरबको किङ साउद युनिभर्सिटीको मैदानमा लाजिओलाई जित दिलाउन लुइस अल्बेर्टो, सिनाडा लुलिक र डानिलो कटाल्डीले एक एक गोल गरे । युभेन्ट्सका पाउलो डीबालाले एक गोल फर्काएपनि हार टार्न सकेनन् ।

खेलको ९० औं मिनेटमा रोड्रिगोले दुई पहेलो कार्डसहित रातो कार्ड पाउँदा युभेन्ट्स अन्तिम समय १० खेलाडीमा समेटिएको थियो । हारसँगै युभेन्ट्ससँग लाजिओ दोस्रोपटक पराजित भएको हो । यस सिजनको सिरी ए लिगमा समेत युभेन्ट्स लाजिओसँग पराजित भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here