संखुवासभा । संखुवासभाको पाचँखपन नगरपालिका–४ मा घरको माथीको तला बाट खसेर १ जनाको मृत्यु भएको छ ।
पाँचखपन–४ को होक्सेमा टाडे घरको माथीबाट खसेर ६८ बर्षिय कर्ण बाहादुर जोगी मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ । टाडे घरको माथिल्लो तलाबाट अचानक तल भुईमा खस्दा जोगीको सोमबार घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।





