गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल एक वर्षभित्रै सञ्‍चालनमाः मन्त्री भट्टराई


२८ कार्तिक २०७६, बिहीबार १७:०६ मा प्रकाशित

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेशकुमार भट्टराईले एक वर्षभित्र निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्‍चालनमा ल्याउने घोषणा गरेका छन् ।

मन्त्री भट्टराईले पोखरा क्षेत्रीय विमानस्थल पनि दुई वर्ष भित्र संचालनमा आउने गरी काम भइरहेको दाबी गरे। बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले ‘नेपाल भ्रमण वर्ष–२०२०’ लाई सफल बनाएर नेपालको आर्थिक विकासको गतिलाई तीव्रता दिन सरकारले विमानस्थलहरुको निर्माण र स्तरोन्नतिको कामलाई जोड दिनु परेको पनि स्पष्ट पारे ।

मन्त्री भट्टराईले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुधारको कामलाई पनि तीव्रता दिइएको बताए । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबारे नकारात्मक टिप्पणी आउने गरेकाले त्यसको सुधारमा केन्द्रित हुनु परेको पनि मन्त्री भट्टराईको भनाइ छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here