यातायात व्यवस्था कार्यालय काठमाडौंमा अख्तियारको छापा, अधिकृतसहित पाँचजना पक्राउ


२८ कार्तिक २०७६, बिहीबार १३:५३ मा प्रकाशित

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय काठमाडौंमा छापा मारेको छ ।

अख्तियारको टोलीले यातायात कार्यालयमा छापा मारेर घुस लेनदेन गरिरहेको अवस्थामा एकजना अधिकृतसहित पाँचजनालाई पक्राउ गरेको छ । अख्तियारका प्रवक्ता प्रदीप कोइरालाका अनुसार यातायात व्यवस्था कार्यालय मोटरसाइकल काठमाडौंका शाखा अधिकृत शुक्रप्रसाद भट्टराईले मोटरसाइकल पास गर्न आएका विभिन्‍न रिकन्डिसन हाउसका प्रतिनिधिमार्फत् मोटरसाइकल पास गर्न सहज गरी दिने भनी तीन हजार रुपैयाँ घुस लिएका थिए ।

अख्तियार दुरूपयोग अनुसन्धान आयोग टङ्गालबाट खटिई गएको टोलीले घुस लिने शाखा अधिकृत भट्टराई र दिने रिकन्डिसन हाउसका प्रतिनिधिहरु किरण देउला, उत्तमविक्रम शाही, रमेशकुमार केसी खड्का र सुरेश छुस्याकीलाई यातायात व्यवस्था कार्यालय मोटरसाइकल काठमाडौं परिसरबाट पक्राउ गरेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here