डा गोविन्द केसी धनगढीस्थित सेती प्रादेशिक अस्पताल भर्ना


२८ कार्तिक २०७६, बिहीबार १०:४४ मा प्रकाशित

धनगढी । डडेल्धुरामा बसेको सत्रौ अनशन नवौं दिनमा स्थगित गरेर तराई झरेका डा गोविन्द केसी उपचारका लागि धनगढीस्थित सेती प्रादेशिक अस्पताल भर्ना भएका छन् ।

डडेल्धुराबाट साँझ ७ः३० बजे धनगढी पुगेका उनलाई जाँच गरेपछि चिकित्सकहरुले उपचारका लागि अस्पतालमै बस्न सुझाव दिएका हुन् । अस्पतालकौ शैयाबाटै डा. केसीले राष्ट्रियतासँग जोडिएको कालापानी र लिम्पुयाधुरा अतिक्रमणको मुद्दाका कारण अनशन स्थगित गरेपनि आफ्ना माग पुरा नभए पुनः अनशन बस्ने चेतावनी दिए । उनले जनताको स्वास्थ्यसँग जोडिएका मुद्दालाई गम्भीरता लिई आफूसँग गरेका प्रतिबद्धता कार्यान्वयन गर्न सरकारसँग आग्रह गरे ।

डा केसीको उपचारमा सम्ललग्न सेती प्रादेशिक अस्पतालका डा निराजनदत्त शर्मा पौडयालले डा केसीलाई आरामको आवश्यकता रहेको बताए । ‘अनशनका कारण डा केसीको स्वास्थ्यमा समस्या देखिएको छ’, डा शर्माले भने, ‘उहाँलाई आरामको जरुरुत छ ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here