दरबारमार्ग सामूहिक बलात्कार प्रकरणः कार्कीलाई ५ वर्ष कैद, पीडित युवतीलाई ७ लाख क्षतिपूर्ति


२७ कार्तिक २०७६, बुधबार १५:४४ मा प्रकाशित

काठमाडौं । डेढ वर्षअघि काठमाडौंको दरबारमार्गस्थित होटल ल्याण्डमार्कमा भएको सामूहिक बलात्कार प्रकरणका मुख्य अभियुक्त शैलेश कार्कीलाई ५ वर्ष दुई महिना कैद सजाय सुनाइएको छ ।

जिल्ला अदालत, काठमाडौंका न्यायाधीश कमलप्रसाद पोखरेलको इजलासले पीडित युवतीलाई ७ लाख रुपैयाँ क्षतिपूर्ति दिनुपर्ने पनि फैसला गरेको छ । कार्कीले पीडित भनिएकी युवतीका प्रेमी भनिएका थिए । तर, उनकै सहयोगमा काभ्रेका दीपक श्रेष्ठ र सिन्धुपाल्चोकका विकास गौतमले पनि सामूहिक बलातकरा गरेको अभियोग थियो । अदालतले श्रेष्ठ र गौतमलाई १४ महिना कैद सजाय सुनाएको छ । उनीहरुलाई मुलकी ऐनअनुसार सजाय सुनाइएको अदालतका एक अधिकारीले बताए । किनकि, घटना भएका वेला मुलुकी अपराध संहिता लागू भइसकेको थियो ।

प्रकरणलाई सामसुम बनाउन महानगरीय प्रहरी वृत्त, दरबारमार्गका तत्कालीन डीएसपी तिलक भारतीय र प्रहरी निरीक्षक लक्ष्मणसिंह ठकुरीले भूमिका खेलेको सार्वजनिक भएपछि यो प्रकरण चर्चामा आएको थियो । उनीहरूमाथि छानविन गर्न तत्कालीन एसपी रामदत्त जोशीको नेतृत्वमा समिति बनेको थियो । काठमाडौं प्रहरी परिसर, टेकुले गरेको अनुसन्धानपछि सरकारी वकिल कार्यालयले कार्कीसहित तीन जनाविरुद्ध २०७५ जेठ ४ मा मुद्दा दर्ता गराएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here