वीरगञ्ज । वीरगञ्जको प्लाष्टिक गोदाममा गएराति आगलागी हुँदा ४ लाख मूल्य बराबरको क्षति भएको छ ।
वीरगञ्ज महानगरपालिका–१६, नगवास्थित राजेन्द्र जयसवालको गोदाममा आगलागी भएको हो । बिजुलीको तार सर्ट भई आगलागी भएको प्रारम्भिक अनुमान प्रहरीको छ । महानगरको दमकल, स्थानीय र सुरक्षाकर्मीको सक्रियतामा तुरून्तै आगो नियन्त्रणमा आएकोले थप क्षति हुन नपाएको डीएसपी गौतम थापाले जानकारी दिए ।





