संखुवासभा । संखुवासभाको मकालु गाउँपालिका–१ वालुङमा कुटपिट बाट एक जनाको ज्यान गएको छ ।
कुटपिट बाट मकालु–१ का ओङजु शेर्पाको ज्यान गएको वडाअध्यक्ष वाङदी शेर्पाले जानकारी दिए । छिमेकी पासाङ दावा शेर्पाले ओङजु शेर्पालाई कुटपटि गरेर घाइते बनाएका थिए । घाइते भएका ओङजुको स्थानीय स्वास्थ्य चौकीमा उपचार गरेर थप उपचारका लागि जिल्ला अस्पताल खाँदबारी ल्याउँदै गर्दा शनिबार बाटैमा मृत्यु भएको वडाअध्यक्ष वाङदी शेर्पाले बताए ।
पासाङले मादक पदार्थ सेवन गरेर ओङजुलाई कुटपिट गरी घाइते बनाएका थिए । घाइते ओङजुको उपचार लागि खाँदबारी ल्याउँदै गर्दा मकालु–५ मा मृत्यु भएको बताइएको छ । प्रहरीले हत्यामा संलग्न भएका मकालु–१ का पासाङ दावा शेर्पालाई पक्राउ गरेको जनाएको छ । पक्राउ परेका पासाङको हिरासदमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।





