आज यमपञ्चकको पहिलो दिन काग तिहार मनाइँदै


९ कार्तिक २०७६, शनिबार १२:३७ मा प्रकाशित

काठमाडौं । कात्तिक कृष्ण त्रयोदशी अर्थात् कागतिहार । आज कागको पूजा गरी विभिन्न परिकार खान दिइन्छ ।

यमराजको दूत वा सन्देशबाहक पक्षीको रूपमा कागको पूजा गरिन्छ । सनातन हिन्दु समाजमा कागलाई यमराजको सन्देश सुनाउने दूतका रूपमा पनि लिइन्छ । कागको आवाजको प्रकृतिअनुसार राम्रा नराम्रा खबरको अनुमान लगाइन्छ । कागले भूकम्प आदि प्राकृतिक विपत्तिको अग्रिम सूचना पनि दिन्छ भन्ने विश्वास गरिन्छ । यस्ता गुण भएकाले यमपञ्चकको पहिलो दिन कागको पूजा गरिन्छ । लोक व्यवहारमा काग घरमा आई कराएमा शुभ बोल, शुभ बोल भनी भन्ने प्रचलनसमेत रहेको छ ।

काग घर वरपर आई कराएमा उसले केही खबर लिएर आएको विश्वाससमेत गर्ने गरिन्छ । ‘काकेन दधि भक्षितम्’ अर्थात् कागलाई दही भात मीठो लाग्ने भएकाले आजको दिन कागलाई दही भात खुवाएमा यमराज समक्ष राम्रो सन्देश लगिदिने भएकाले कागलाई दही भात खुवाउने प्रचलन रही आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here